Rule 15
म्याद तामेल सम्बन्धी व्यवस्था
(१) अदालतद्वारा ऐन तथा यस नियमावली बमोजिम कुनै पक्षलाई तामेल गराउनु पर्ने म्याद वा सूचना सम्बन्धित पक्षले मुकरर गरेको कानून व्यवसायी वा पक्षले सो कामको लागि अख्तियार दिएको व्यक्तिलाई बुझाउन सकिनेछ । त्यसरी म्याद वा सूचना बुझाइएकोमा सम्बन्धित पक्षलाई बुझाए सरह मानिनेछ ।
(२) अदालतबाट स्वदेश वा विदेशमा रहेको पक्षको नाममा कुनै सूचना वा म्याद पठाउनु परेमा ऐनको दफा २० को उपदफा (१) मा उल्लिखित प्रक्रियाबाट म्याद पठाइनेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि विदेशमा रहेको कुनै पक्षलाई म्याद तामेल गर्नुपर्दा सो देशको कानूनले निर्धारण गरेको प्रक्रिया बमोजिमको कार्यविधि अपनाई सो पक्षको नाममा म्याद पठाउन सकिने छ । त्यसरी म्याद तामेल भएमा पनि ऐनको दफा २० बमोजिम तामेल भएको मानिनेछ ।